कैलालीको धनगढीमा पाँच तले घरको छतबाट हामफालेका एक व्यवसायीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार छतबाट हामफालेका अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पारिवारिक विवादका कारण उनले बुधबार बिहान करिब साढे ११ बजेतिर हामफालेको प्रहरीले बताएको छ। विस्तृत विवरण खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर