राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेदेखि मतदान सुरू भएको थियो ।

दिउँसो १ बजेसम्म स्थानीय तहका सबै मतदाताहरुले मतदान गरिसकेका छन् भने प्रदेश सभातर्फ कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ्ग मात्रै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान करिब करिब सकिएको छ । कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन् । प्रदेशसभाका ३९ र स्थानीय तहका १५६ मतदाताले मतदान गरेका छन् । कर्णालीमा स्थानीय तहका मात्रै १५८ मतदाता रहेका थिए ।

जसमा दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्षअगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

राष्ट्रिय सभाको तीन सिटका लागि कर्णालीमा ६ जनाले उम्मेदवारी दिएका छन् । जस्मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालीकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् ।

त्यस्तै नेकपा एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर