अभिनेत्री रेजिना उप्रेती करिब १ दशकपछि फिचर फिल्ममा फर्कने भएकी छन्।

उनी शङ्कर कोइरालाले निर्देशन गर्ने ‘मोदिबेनी’बाट फिल्ममा कमब्याक गर्न लागेकी हुन्। उनले पछिल्लो चलचित्र ‘वरदान’मा अभिनय गरेकी थिइन्।

दुई कार्यकाल कलाकार सङ्घमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएकी रेजिनाले यसबीचमा म्युजिक भिडियो, विज्ञापन तथा लघु चलचित्रमा अभिनय भने गरिरहेकी थिइन्।

यही फिल्मबाट अभिनेताका रुपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन्।

फिल्ममा सरोज खनाल पनि मुख्य भूमिकामा छन्। फिल्ममा अन्य कलाकारहरू कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर