नेपाल भ्रमणमा रहेका विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली लुम्बिनी पुगेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी घुमघाम गर्दै उनले त्यहाँ पूजाआजा समेत गरे ।

उनी आफ्नी छोरी र केही सहयोगीसहित लुम्बिनी पुगेका हुन् । उनलाई लुम्बिनी विकास कोषका पदाधिकारीले त्यहाँको ऐतिहासिक महत्वका थलो र वस्तुबारे जानकारी गराएका थिए । अभिनेता लीले चाख मानेर अवलोकन समेत गरे ।
कालो क्याप, रातो गलबन्दी र कालो लङकोटमा त्यहाँ पुगेका जेट लीले सर्वसाधारणसँग कुरा गरेनन् । गतसाता नेपाल आइपुगेका उनले बौद्धस्थित एक गुम्बामा बौद्ध दर्शनबारेको दुई दिने साधनामा सहभागिता जनाएका थिए । प्राप्त भिडियो र तस्वीरमा जेट लीले नेपाल बसाइलाई ‘इन्जोय’ गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर