सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।

मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत् खुल्ने र सेवा प्रवाह हुनेछ ।

अर्को वर्ष २०८१ को शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय सरकारको छ,तर, यसपालिलाई बिदा दिइएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर