साताको तेस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार १४.८८ अंकले बढेर २११९ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा सुधार आउँदा चन्द्रगिरी हिल्स, समाज लघुवित्त र रावा इनर्जी डेभलपमेन्ट सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, सिनर्जी पावर डेभलपमेन्टको ८.७२ प्रतिशत, सिंगटी हाइड्रोको ८.२३ प्रतिशतले सेयर मूल्य बढेको छ ।