
मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय योजना आयोगको एउटा रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। उनका अनुसार, नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा ४ को उपदफा ४ बमोजिम नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समितिका सदस्य विक्रम रायलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
नरदेवी आयुवेर्दिक चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोक निवासी लेखनाथ लामा र काठमाडौं निवासी डा साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद् बैठकले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।