भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेले आफ्नै मृत्युको झुटो खबर फैलाएको भन्दै अभिनेत्रीविरुद्ध उजुरी दर्ता भएको हो । शुक्रबार बिहानै पाण्डेको मृत्युको खबरले सारा बलिउड स्तब्ध बनेको थियो । पाण्डेकी म्यानेजरले इन्ष्टाग्राम पोस्टमा अभिनेत्रीको मृत्यु भएको घोषणा गरेकी थिइन् । सर्भिइकल क्यान्सरका कारण अभिनेत्रीको मृत्यु भएको बताइएको थियो । साँझसम्ममा पाण्डेको म्यानेजर र पूरै परिवारको फोन बन्द भएपछि यो घटना रहस्यमयी बन्यो ।
तर शनिबार पाण्डे आफैँले एउटा भिडियो शेयर गर्दै सर्भिकल क्यान्सरप्रति जागरूकता जगाउन आफ्नो मृत्युको नाटक गरेको बताइन् । अघिल्लो दिन अभिनेत्रीलाई श्रद्धाञ्जली दिइरहेका फिल्डम इन्डष्ट्री र टिभीका सेलिब्रेटीहरु भिडियो देखेपछि क्रुद्ध भए । अधिकांशले पुनमलाई गाली गरिरहेका थिए । पब्लिसिटी स्टन्ट र पीआरका लागि पुनमले मरेको नाटक गरेको अनि यो उचित नभएको अधिकांशको भनाई थियो ।










