प्रिमियर लिगमा आर्सनलले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्सनल दोस्रो स्थानमा उक्लँदै शीर्ष स्थानको लिरभपुलसँग अंकदूरी २ मा झार्दै आफूलाई उपाधि होडमा उभ्याएको छ ।
घरेलु मैदानमा भएको खेलमा बुकायो साकाले १४औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा आर्सललका गाब्रीएल मालागाएसले आत्मघाती गोल गरेपछि लिभरपुलले खेल बराबरि गरेको थियो ।










