छायांकन भइरहेको फिल्म ‘सिटामोल’ले शीर्ष पात्रको लुक्स सार्वजनिक गरेको छ । फिल्ममा सौगात मल्ल र बेनिशा हमालले मुख्य भूमिकामा अभिनय गरिरहेका छन् ।
फस्टलुक तस्वीरमा यी दुई कलाकारलाई ग्रामीण दम्पतीको स्वरुपमा देख्न सकिन्छ । राजबहादुर सानेले निर्देशन गरेको यो फिल्मको छायांकन अहिले चलिरहेको छ ।
यसअघि ‘वृन्दावन’ र ‘वीराङ्गना’ फिल्म निर्देशन गरेका सानेको यो फिल्ममा बुद्धि तामाङ, ज्ञानु सुनार र ध्रुव दत्त पनि छन् । ‘छक्कापञ्जा ४’ ब्लकबस्टर भएपछि बेनिशाको यो तेस्रो प्रोजेक्ट हुनेछ । यसअघि सौगात र बेनिशाले ‘झ्यानाकुटी’मा समेत स्क्रिन सेयर गरेका थिए ।
निर्देशक सानेले नेपाली समाजको वास्तविक घटनालाई फिल्मले चित्रण गर्ने बताए । ‘हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा फिल्म बन्नेछ,’ उनले भने । फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ ।