साताको तेस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ ।  सेयर बजार ९.४४ अंकले बढेर २०८५ को विन्दुमा कायम हुन पुगेको छ ।

सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ७६ लाख २ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जीको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

नेपाल रिइन्स्योरेन्स कम्पनीको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ, नेपाल दुरसंचार कम्पनीको ७ करोड ३५ लाख ९३ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको ७ करोड ३० लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर