त्यसबेला परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराई पुर्याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरेका थिए ।
‘त्यो छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीरूले औपचारिक सम्झौताका लागि पटक–पटक छलफल गरेका थिए,’ उनको भनाइ छ, ’पर्थमा (यसपाली) हामीले त्यसलाई वास्तविकतामा परिणत गरेका छौँ । यो सम्झौताले हामीबीचको बलियो सम्बन्धलाई देखाएको छ ।’










