
उमेर ढल्किदै जाँदा जोर्नी खिइने समस्या पुरुषमा भन्दा महिलामा १५ देखि २० वर्ष पहिलानै सुरु हुन्छ । त्यसमा दुई तिनवटा कारणहरु छन् । महिलाहरु घरायसी काम धेरै सक्रिय हुन्छन् । सँगसँगै महिलाहरुको शरीरमा हुने एक किसिमको हर्मन (एस्ट्रोजन) हुन्छ ।
महिनावारी रोकिने बेलामा त्यो हर्मनको मात्रा घट्छ । महिनावारी रोकिए पछि त्यसको मात्रा एकदमै घट्ने भएको हुँदा प्रत्यक्ष असर हड्डी तथा जोर्नीमा पर्छ र खिइने समस्या हुन्छ । त्यसैले महिलाहरुमा जोर्नी खिइने समस्या पुरुषमा भन्दा पहिला सुरु हुन्छ र धेरै मात्रामा छ ।
सन्तुलित उपयुक्त आहार सेवन गर्नु पर्दछ। रोग लागेको छ भने चिकित्सकको सल्लाह अनुसार हानी गर्न सक्ने खाने कुराहरुबाट बच्नु पर्दछ। हाम्रो किचेनमा भएका औषधीय गुण भएको यी खानेकुरालाइ प्रयोग गरि स्वाथ्य बन्न सकिन्छ ।
अदुवाः अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाईमा रामवाणको काम गर्छ । यसलाई चियाँसग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।
कागतीः कागतीको सेवनले पनि घुँडाको दुखाई पनि शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ।
तोरीको तेलः तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ।
सिधे नुनः घुँडाको दुखाईमा सिधे नुन एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।
बेसारः घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।
मेवाको बिजः मेवाको बिज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाईबाट उन्मुक्ति पाइन्छ ।
गाजरः गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । यदि घुँडाको दुखाईबाट पिडित हुनुहुन्छ भने बढिभन्दा बढि गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ ।
मेथीको बिजः घुँडाको दुखाई छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको दुखाई शान्त हुन्छ।
प्याजः प्याजले पनि घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।
नरिवलको तेलः खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाईमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
रातो खुर्सानीः रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ । यसमा रहेको केपसाइसिनले पेनकिलरको जस्तै काम गर्छ ।
ओमेगा ३ फ्याटी एसिडः यी फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ । यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ । दैनिकरुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाइ समाप्त हुन्छ ।
क्याल्सियमयुक्त खानाः क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमिले गर्दा नै हड्डीको दुखाई उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।
उपयुक्त किसिमको खानपिन गरेर, नियमित मध्यम खालको उपयुक्त योग व्यायाम लाई सन्तुलित ढंगले गरेर, सकारात्मक जीवन शैली अपनाएर (बस्ने, सुत्ने, काम र व्यायाम गर्ने तरिकामा ख्याल गरेर), समय समयमा स्वास्थ्य जाँच गरेर यस्ता समस्याबाट बच्न सकिन्छ । जोर्नी दुख्ने समस्याको रोकथाम गर्ने र रोग मुक्तिका लागि प्रमुख उपायहरु यस प्रकारका छन् :
शरीरलाई असन्तुलित हुने किसिमले बस्ने, सुत्ने, कामधन्दा गर्ने र व्यायाम गर्ने गर्नु हुँदैन । नियमित हल्का ढंगले शरीर संचालन गर्नु पर्दछ । समस्या भएकाले तोकिएका अभ्यास/थेरापी/कर्म/आसन गर्नु पर्दछ । निको नहुन्जेल गाह्रो काम गर्न तर्फ लाग्नु हुँदैन । (जस्तै: घुँडा खिइएकाहरुले थचक्क वा पलेटी कसेर बस्नु हुँदैन, उकालो ओरालोमा धेरै भारी बोकेर हिडडुल गर्नु हुदैन, कुर्सीमा बस्नु राम्रो हुन्छ, चर्पी पनि कमोड प्रकारको भएमा बिरामीलाई सहज हुन्छ । त्यस्तै ढाड दुख्ने हरुले धेरै निहुरिने गर्नु हुँदैन, अग्लो शिरानी राख्ने गर्नु हुदैन आदि ।)
अधिक तौल भएका व्यक्तिले तौल कम गर्ने उपाय अबलम्बन गर्नु पर्दछ।
यसरी बच्ने ?
– ‘नी क्याप’को प्रयोग गर्ने – बिहान १५–२० मिनेट घाममा बस्ने । जाडोमा आफूलाई न्यानो बनाउने ।
– भिटामिन डी र क्याल्सियमको मात्रा बढाउने खानेकुरा सेवन गर्ने ।
– कोक र पेप्सीजस्ता सफ्ट ड्रिंक्स, आटामा आधारित उत्पादन नखाने ।
– हड्डी खिइन कम गर्ने औषधि प्रयोग गर्ने ।
– समयमै उपचार गर्ने ।
– न्यानो भएर नियमित व्यायाम गर्ने । योग बिधि आसन, प्राणायाम गर्ने ।
– रोगअनुसारका बिरामीले खानपानमा ध्यान दिने । आफूलाई असर गर्ने खानेकुरा नखाने ।
– युरिक एसिडका बिरामीले रातो मासु,गेडागुडीको कम प्रयोग गर्ने ।
– पर्याप्त पानी खाने ।- हाडजोर्नीसम्बन्धी कुनै समस्या भए अस्पताल जाने, चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने ।
दुखाई कम भए पछि सिकाईएको ब्यायामहरु नियमित घरमा गर्ने ।
हिँड्दा वा काम गर्दा नि-क्याप लगाउने ।
काम गर्दा कुर्सीमा बसेर गर्ने ।
स्पोर्ट्स सु वा नरम सोल भएको जुत्ताको प्रयोग गर्ने ।
दुखाई भएकोमा तातोले सेक्ने ।
सामान्य शारीरिक तौल कायम राख्ने ।