साताको पहिलो कारोबार दिन सुनको मुल्यमा गिरावट आएको छ । सुन प्रतितोला ५०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी प्रतितोला १ हजार ३९० रुपैंयामा कारोबार भएको थियो










