साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ ।   बजार १०.५० अंकले घटेर २०८५ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३्र०५ कम्पनीको १ अर्ब ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ ।

आज बजारमा गिरावट आउँदा एनआइसी एशिया ग्रोथ फण्डको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, यूनिलिभर नेपालको ७.१४ प्रतिशत, गुराँस लघुवित्तको ७.१३ प्रतिशत, गणपति लघुवित्तको ४.६६ प्रतिशत, किसान लघुवित्तको ४.४७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर