शिल्पी थिएटर, बत्तीस पुतलीले माघ १९ शुक्रवारदेखि मञ्चन थालेको नाटक ‘गंगालाल’ को मञ्चन मिति थपिएको छ । माघ २९ सम्म मञ्चन हुने भनिएको नाटक बढ्दो दर्शक र दर्शकको मागको कारण ६ दिन मञ्चन समय थपिएको नाटकका निर्देशक चे शंकरले बताए ।

सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित ‘गंगालाल’ नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको हो । नाटकका चे शंकर लेखन पनि हुन् । विक्रम संवत् १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरूलाई आधार मानी नाटकको कल्पना गरिएको छ । नाटक गंगालालमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र  कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिनेछन् । सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न सुरु गरिएको यस नाटकलाई गत माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन भएको थियो ।

नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक पछल्दंग्या, सन्दीप डंगोल, प्रदीपकुमार चौधरी, नीरज दाहाल, विश्वास मानन्धर,  ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दको अभिनय छ । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर