साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।  बजार १५.३३ अंकले बढेर २१०१ को विन्दुमा कायम हुन पुगेको छ ।

सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड २ लाख ४५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

एनआइसी एशिया बैंकको १३ करोड ७७ लाख ४७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सको १३ करोड ३७ लाख ३ हजार रुपैयाँ र सोनापुर मिनरल्सको १० करोड २७ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर