नेपाल कम्युनिट पार्टी (माओवादी)को महासचिव महावीरको नाममा यो समूहले शैक्षिक संस्थाहरुमा चन्दाका लागि चिट्ठी पठाएको थियो । चन्दा नदिए बम विष्टफोट गराउने धम्कीसमेत दिने गरेको थियो ।
पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री पनि फेला परेको छ । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा सात वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाइको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ ।
अधिकारीको साथबाट पनि मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, सहयोग रसिदको ठेली, महासचिव महावीर नामको हस्ताक्षर रहेको सहयोगसम्बन्धी लेखिएको पत्र, डिजिटल स्टाम्पलगायत सामग्री बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।










