नेप्से परिसूचक यस दिन भने ५.९१ अंक बढेर २०७६.५० विन्दुमा पुगेको छ। नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको ७४ हजार ६७५ पटकको कारोबारमा ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।










