शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले कम्पनीको वितरण योग्य नाफाबाट लाभांश प्रस्ताव पेश नगरी सञ्चित कोषमा नै सञ्चित गर्ने निर्णय गरेको छ ।

साथै बैठकले गत आवको वित्तीय विवरणहरु पारित गरी बीमा प्राधिकरणमा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर