साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । सेयर बजार २७.२१ अंकले घटेर २०३४ को विन्दुमा कायम हुन पुगेको छ ।
सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ४० करोड ९० लाख रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकको १३ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
जोशी हाइड्रोपावरको १० करोड १४ लाख रुपैयाँ, सगरमाथा जलविद्युत कम्पनीको ९ करोड २७ लाख ९३ हजार रुपैयाँ र यूनियन हाइड्रोपावरको ७ करोड ६१ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।










