निर्वाचन आयोगले वैशाखमा उपनिर्वाचन गर्ने गरी आन्तरिक तयारी त सुरु गरिसकेको छ । तर निर्वाचन घोषणा भएपछि पनि १२० दिनको समय तयारीका लागि चाहिने भएकाले अब सरकारले मिति घोषणामा ढिलाइ गर्न नहुने आयोगका अधिकारीहरु बताउँछन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै पद रिक्त भए उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
चुनाव घोषणा भने निर्वाचन आयोगको परामर्शमा सरकारले गर्ने कानुनी व्यवस्था छ ।










