प्रहरीले घटना भएका बेला पीडितले फोन गरेको एक जना व्यक्तिसँग पनि बयान कागज गराएको छ । ती व्यक्तिका अनुसार, पीडितले त्यो दिन आफूलाई तिरुवाले बलात्कार गरेको भन्दै रुँदै फोन गरेकी थिइन् ।
‘मैले निजलाई गेष्ट हाउसको कोठामा थुनेर राखेको छु, तत्काल प्रहरीलाई बोलाइदिनुपर्यो भन्दै रुँदै फोन गरेको हुँदा मैले १०० मा फोन गर, म आउँछु भनेको थिएँ’, उनले भनेका छन् ।
घटनाबारे अनुसन्धान सकेर प्रहरीले जबर्जस्ती करणीको कसूरमा तिरुवाविरुद्ध सजायको माग गर्दै रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । त्यही प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको छ ।










