साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । बजार १.७६ अंकले घटेर २०३३ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ८ वटा उपसूचकमा राताम्मै भएको छ ।

बजारमा गिरावट आउँदा ग्रिनलाईफ हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी किसान लघुवित्तको ७.७१ प्रतिशत, खानीखोला हाइड्रोपावरको ४.८३ प्रतिशत, आशा लघुवित्तको ४.५७ प्रतिशत, साम्लिङ पावर कम्पनीको ४.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर