राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन ।  राष्ट्रपति पौडेलले करिब रु दुई करोड लागतमा निर्माण भएको महाघण्टको उद्घाटन गरेका हुन ।

पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो । पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । फागुन ९ देखि सुरु भएको महायज्ञमा पनि राष्ट्रपति पौडेल सहभागी  भएका हुन । करिब आधाघण्टा पञ्चकोटमा रहेका पौडेलले  बन्दै गरेको १०८ फिट गण्डकी कलशकोसमेत अवलोकन गरे। दश वर्षअघि स्थापना भएको पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाका साथै निर्माणाधीन सो कलसका बारेमा स्वामी कमलनयनाचार्यले राष्ट्रपति पौडेललाई जानकारी गराएका थियो ।

मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको हो । महाघण्ट बनाउन आठ वर्ष लागेको जानकारी पनि स्वामी कमलनयनाचार्यले बताए ।

महाघण्टलाई दुई साता अगाडि पञ्चकोटमा ल्याइए पनि आजमात्रै विधिपूर्वक स्थापना गरिएको उनले बताए ।

हिजोदेखि सुरु भएको यस महायज्ञमा देशका विभिन्न जिल्ला तथा भारतबाटसमेत साधुसन्त र भक्तजनहरु आइरहेका छन् । स्वार्मी कमलनयनाचार्यको सङ्कल्पमा नेपालमै पहिलो पटक हुन लागेको यस ब्रह्माण्डीय महायज्ञ यही २३ फागुनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर