साताको आन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बिहीबार बजार २०.७६ अंकले घटेर २००५ को विन्दुमा कायम हुन पुगेको छ ।

सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८१ लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १४ करोड १ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

एनआइसी एशिया बैंकको ६ करोड ४० लाख १६ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड २४ लाख २ हजार रुपैयाँ र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ५ करोड ७७ लाख ६९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर