
शुक्रबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँ बढ्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको १ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
बिहीबार १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ३९० रुपैयाँ पुगेको छ ।