चितवनमा ८ कक्षामा अध्ययनरत शालिन पोखरेलले आत्महत्या गरेको नभई बलात्कारपछि हत्या भएको आरोप लगाउँदै नेविसंघले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
दोषीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका एक दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले पक्रेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी गराए ।










