गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरेका छन्।

माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिम्खडालाई उनले हटाएका हुन्।

केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि मुख्यमन्त्रीले मन्त्री हटाएका हुन्। पाण्डे कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर