बुधबार प्रतिनिधिसभा बैठकमा नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका थिए । उनले गत चुनावका बेला माओवादी अध्यक्ष प्रचण्डलाई नो नट अगेन भन्नेहरुले किन समर्थन गरेको भन्दै प्रश्न उठाएका थिए ।

जवाफमा स्वर्णिमले गृहमन्त्री बन्दा रविसँग खोजेको नैतिकता प्रधानमन्त्री प्रस्ताव गर्दा किन नखोजेको भन्दै प्रश्न गरे । ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि त’ उनले भने ।

कांग्रेस नेताहरुलाई आफू प्रमाणबिना बोल्दिन भन्ने थाहा रहेको भन्दै वाग्लेले प्रधानमन्त्रीको प्रस्ताव आएको कुरा सत्य भएको जिकिर गरे । ‘कांग्रेसले गरेको (प्रधानमन्त्रीको प्रस्ताव) छैन भन्ने हो भने हामी सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्नै हिँड्ने कुरा भएन’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर