कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। दुर्घटनामा ज्यान गुमाउनेमा आछाम लयती पन्चदेवल विनायक-५ का सुरतबहादुर कठायत, सानो भर्‍याङ, काठमाडौँ नागार्जून-२ का सुजन कार्की र धनुषा वेंगादवार-३ का धिरज गुर्मछान मगर रहेका छन् ।

मृतकहरू एउटै कम्पनीमा कार्यरत रहेको बुझिएको छ। उनीहरू त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत थिए।

उनीहरूको घटनास्थलमै मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर