उदयपुरको बेलका नगरपालिका-७ मा भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अनुसार घटनास्थलमा ६ जनाको शव भेटिएको छ।

भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ आउँदै गरेको जिप सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो। ७ जनालाई उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ भने दुर्घटनाको कारण पनि खुलेको छैन। भोजपुर र उदयपुर दुवै जिल्लाका प्रहरी उद्धारमा परिचालन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर