यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना राखेका थिए । त्यसक्रममा सांसद सुवालले उठाएका प्रश्नहरुको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले संघीयता कार्यान्वयनका लागि समेत यो विधेयक आवश्यक रहेको बताए ।
प्रदेश र स्थानीय सरकारमा कर्मचारी व्यवस्थापन गर्न यो विधेयक आवश्यक रहेको मन्त्री जोशीले बताए । राज्यको पुनर्संरचना सँगसँगै प्रशासनिक पुनर्संरचनाका लागि यो विधेयक ल्याउनुपरेको उनले दोहोर्याए ।
विधेयकले कर्मचारीलाई राजनीतिक रुपमा मुक्त बनाउनेलगायतका उद्देश्य रहेको पनि उनले बताए ।










