साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजार २७.८४ अंकले घटेर २०८० को विन्दुमा कायम हुन पुगेको छ ।

सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ५० करोड ८९ लाख ८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको सोनापुर मिनरल्सको २४ करोड ४ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।सोनापुर मिनरल्सको १६ करोड २४ लाख ३४ हजार रुपैयाँ, गुर्खाज फाइनान्सको १२ करोड ७६ लाख ६५ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ९ करोड ८४ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर