हरेक अभिभावकको सामु एउटा यस्तो समय आउँछ जुनबेला आफ्ना बालबालिकालाई कसरी उच्चतम अनुशासनमा राख्ने भन्ने विषयले पिरोल्छ। झर्को लगाउने शिशु होस् वा रिसाईरहने किशोर अवस्थाको बालबालिकाको स्याहार सुसार गर्दा, तपाईंलाई आफ्नो रिसमाथि नियन्त्रण राख्न हम्मे-हम्मे पर्छ। आफूलाई त्यस्तो परिस्थिति आओस् भन्ने चाहना कोही पनि अभिभावकको हुँदैन, र आधारभूत कुरा त के हो भने बालबालिकालाई गाली वा कुटपिट गरेर समस्याको समाधान हुँदैन।

१. बालबालिकासँग एक्लै समय बिताउने योजना बनाउने 

बालबालिकाहरूसँग एक्लै समय बिताउनाले उनीहरूसँग राम्रो सम्बन्ध बनाउन तथा अन्य सकारात्मक कुराको लागि महत्वपूर्ण हुन्छ। “त्यस्तो समय दिनमा २० मिनेट वा भनौं ५ मिनेट मात्रै पनि हुनसक्छ जुन तपाईंले बालबालिकासंगै मिलेर भाँडा माझ्ने समयमा गीत गाउँदै वा लुगा सुकाउने समयमा कुराकानी  गर्दै बिताउन सक्नुहुन्छ।

२.सकारात्मक कुरालाई तारिफ गर्ने 

अभिभावकको रूपमा हामी बालबालिकाले गर्ने नकारात्मक व्यवहारमा केन्द्रित भएर उनीहरूलाई यो व्यवहार नराम्रो भयो भानिहाल्छौँ। यसलाई बालबालिकाले तपाईंको ध्यान खिच्ने माध्यमको रूपमा बुझ्दै त्यस्तो व्यवहार रोक्नुको सट्टा त्यसलाई नै निरन्तरता दिने सम्भावना रहन्छ।

बालबालिकालाई तारिफको खाँचो हुन्छ, जसले उनीहरूलाई माया पाएको र विशेष महसुस गराउँछ। “यदि बालबालिकाले  ५ मिनेटको लागि मात्रै आफ्नो साना  दाजु/भाई वा दिदी/बहिनीसँग खेलेर समय बिताएको हो भने पनि हेर्नुहोस् र तारिफ गरिदिनुहोस्।

३. अपेक्षाहरू स्पष्ट रूपमा तय गर्ने 

बालबालिकालाई तिमीले यो गर्नुहुँदैन भन्नुभन्दा पनि तिमीले यो गर्नु पर्छ है भनेर स्पष्ट रूपमा भन्नु एकदमै बढी प्रभावकारी हुन्छ

हासिल गर्न सकिने किसिमका अपेक्षा तय गर्नु महत्वपूर्ण हुन्छ। आफ्ना बालबालिकाको क्षमता कति छ भन्ने कुरा तपाईंलाई थाहा हुँदाहुँदै पनि असम्भव किसिमको काम लगाउनुभयो भने उनीहरू असफल हुन्छन् ।

४. रचनात्मक तरीकाले ध्यान मोडिदिनुहोस् 

तपाईंको बालबालिकाले अप्ठ्यारो व्यवहार देखाएको समयमा अन्य कुनै सकारात्मक क्रियाकलाप मार्फत उसको ध्यान मोड्नु एउटा उपयोगी रणनीति हुनसक्छ । कुराकानीको विषय परिवर्तन गरेर, कुनै गेम खेल्न शुरू गरेर , वा अर्को कोठामा लगेर वा बाहिर कतै हिंडन लाग्ने आदि उपायद्वारा तपाईंले उनीहरूको ध्यान सकारात्मक व्यवहार तर्फ केन्द्रित गराईदिन सक्नुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर