रेखा थापा स्टारर ‘उपहार : द जर्नी लाइफ’ले पहिलो अन्तर्राष्ट्रिय रिलिजको यात्रा अमेरिकाको कोलोराडोबाट थालेको छ । घरमा दोस्रो सातामा चलिरहेको फिल्मले डायस्पोरा प्रदर्शनको थालनी गरेको हो ।
कोलोराडो प्रदर्शनमा दर्शकको ‘ओभरफ्लो’ भएको निर्मात्री समेत रहेकी रेखाले जानकारी दिइन् । दर्शकको मागको कारण सोमबार अर्को शोको आयोजना गरिएको कार्यकारी निर्माता बलराम ठकुरीले जनाए ।
अन्य अमेरिकी राज्यबाट पनि फिल्मको माग भएको उनले बताए । ‘बेबी प्लान’सहित अमेरिका उडेकी रेखाले गत महिना त्यहाँ सन्तानलाई जन्म दिएकी थिइन् । उनकै अग्रसरतामा कोलोराडोमा फिल्म रिलिज गरिएको हो ।
‘उपहार’ हेर्न अभिनेता आयुष रिजाल पनि हलमा पुगेका थिए । रेखा स्टारर ‘हिफाजत’बाट अभिनय करिअर थालेका रिजालले रेखासँगको तस्वीर सेयर गर्दै समसामयिक विषयवस्तुमा फिल्म निर्माण भएको भन्दै प्रशंसा गरेका छन् ।










