नेपाली कांग्रेसनिकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि नेविसंघका कार्यकर्ताहरु काठमाडौंको सिंहदरबार अगाडिबाट पक्राउ परेका हुन् ।

नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ? लगायतका व्यानर बोकेर सिंहदरबार बाहिर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकै क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरिएकाले प्रदर्शन गर्न निषेध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर