बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबार आजदेखि सुरु भएको छ । मंगलबार प्रि–ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो ।
सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो । नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाट यसको सेयर कारोबार सुरु भएको हो ।
सर्वोत्तमको चुक्ता पुँजीका आधारमा कायम ४ करोड ६५ लाख कित्ता सेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा सर्वोत्तमको नियमित कारोबार हुनेछ । ओपनिङ रेञ्जको अधिक मूल्य ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तमको मूल्य अन्ततः १० प्रतिशत बढेर ६११ रुपैयाँ ६० पैसा पुगेको छ ।सो मूल्यमा खरिद गर्न चाहनेको संख्या अधिक छ भने बिक्री गर्नेहरु छैनन् । कारोबार खुलेको १० मिनेटमा कम्पनीको कुल ४६४ कित्ता सेयर किनबेच भएको छ ।










