केन्याका १८ वर्षीय स्पिनर आर्नभ पटेलले ३ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । लुकास ओलओच र शेम न्नगोचेले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
केन्याका कोलिन्स ओबुआ ४७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । कप्तान राकेप पटेलले २८ रन बनाए ।
दक्षिण अफ्रिकाका हेनरिक पिटरसेले सर्वाधिक २ विकेट लिए ।
अफ्रिका गेम्समा समूह ए मा युगान्डा, दक्षिण अफ्रिका, केन्या र घाना छन् । समूह बि मा नामिबिया, नाइजेरिया, जिम्बाबे र तान्जेनिया छन् ।










