गर्मीयाम सुरु भएको छ ।  चर्को गर्मीका कारण गर्मीयाममा शरीर सुक्खा हुने, टाउको दुःख्ने, वाकवाकी लाग्ने, खाना रुचि नहुने, कमजोर महसुस हुने, थकाइ लाग्ने, अचानक रिंगटा लाग्ने, बेहोस हुने, हातखुट्टा बाउँडिने, जलवियोजन ,आँखा पोल्ने, आँखा पाक्ने, झाडापखाला, टाइफाइड तथा जन्डिसजस्ता रोग देखा पर्न सक्छन् । गर्मीसँगै अस्पतालमा बिरामीको चाप पनि थपिने गर्छ । अस्पतालहरूको तथ्यांक हेर्ने हो भने जाडोयामको तुलनामा गर्मी र वर्षायाममा अस्पताल पुग्ने बिरामीको संख्या करिब दुई गुना हुने गर्छ ।

के गर्ने त ?

– गर्मीका कारण सुरु हुने यस्ता रोगबाट बच्न सरसफाइ तथा खानपानमा ध्यान दिनुपर्छ ।
– गर्मीयाममा बिहान सूर्योदय अगाडि नै उठ्नुपर्छ ।
-बिहानको शीतल मिर्मिरेमा उठ्नाले मनमा अर्कै आनन्दको अनुभूति हुन्छ ।
– बिहान उठेर एकदुई गिलास पानी पिएर शौचालय जानु पर्छ ।
– दिसापिसाब गरेपछि स्नान गर्नु राम्रो हुन्छ ।
– पानी पिउनाले र नुहाउनाले शरीरमा बढेको तापक्रम कम हुनुका साथै शरीर शुद्धि हुन्छ ।
– बिहान दुई/तीन किलोमिटर हिँड्नु राम्रो हुन्छ ।
– गर्मीयाममा राति अबेरसम्म बस्नु राम्रो हुँदैन ।
– छिटै सुत्ने र बिहान छिटै उठ्ने बानी बसाल्नुपर्छ ।
– राति अबेरसम्म बस्नै परे पटक पटक पानी पिउनुपर्छ ।

के खाने, के नखाने ?

– गर्मी मौसममा अमिलो, पिरो, मसालेदार भोजन, दुर्गन्धयुक्त बिग्रेको पदार्थ, पुनः ताजा बनाएको खाना, बासी भोजन, ज्यादै चिसो वा तातो प्रकृतिका खाने कुरा अनि माछामासुको सेवन गर्नु हुँदैन ।
– गुलियो मौसमी, गुलियो आँप, सुन्तला, पाकेको केरा, अंगुर, तबुजा, खर्बुजा, काँक्रो आदि जस्ता फलफूल तथा लौका, फर्सी, घिरौंला, हरियो मटर, बेथे, परबल, करेला, काँचो केरा तथा पाकेको गोलभेडा आदि जस्ता तरकारीहरू सेवन गर्नुपर्छ ।
– गर्मीयाममा शरीरमा पानीको मात्रा कम रहने हुनाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । स्वास्थ्यमा पानीको ठूलो महत्व  छ ।
– जौ वा गहुँको सातुको सर्बत, बेल तथा चिसो मीठो लस्सी आदि पिउनुपर्छ ।
– खानामा भात, जौ वा गहुँको रोटी, मुगी वा मसुरोको पातलो दाल, हरियो सागपातको तरकारी, बिहानको खानामा दही वा मही, प्याज, पुदिना र धनियाँको चट्नी, काँक्रो आदिको सलाद खाना राम्रो हुन्छ ।

काम-व्यवहार

– गर्मीयाममा अत्यधिक व्यायाम, परि श्रम गर्नु हुँदैन ।
– धेरैबेरसम्म बाहिर घाममा हिँड्ने वा काम गर्ने गर्नु हुँदैन ।
– बाहिर हिँडदा सुतीको सेतो कपडा लगाउनु उत्तम हुन्छ ।
– बाहिर निस्कनुपूर्व एक गिलास पानी पिउनुपर्छ ।
– घामबाट जोगिन छाता ओढ्ने वा टाउको र कान रुमालले छोप्ने गर्नुपर्छ ।
– बाहिरबाट घरमाआउने बित्तिकै पानी पिउनु हुदैँन
– केहीबेर बसेर पसिना सुकेपछि हातखुट्टा तथा मुख धोइपखालेपछि मात्र पानी पिउनुपर्छ ।
– पानी बोत्तलबाट घटघट होइन, गिलासबाट चुस्की लिएर पिउनुपर्छ ।
– सधै सफा पानी पिउने गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर