वनमा लागेको डढेलोमा जलेर घाइते भएका कालीकोटका बाबुछोरीको उपचारको क्रममा मृत्यु भएको छ।

कालीकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा जलेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारका क्रममा मृत्यु भएको हो।

यही चैत २ गते बाख्रा चराउन गएका बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परी उनीहरु गम्भीर घाइते भएका थिए।

गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएकोमा आज मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर