सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले २३ भदौमा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । उनी हालसम्म सोही पदमा कायम छन् ।
ब सचिव बढुवा भएसँगै उनको पदस्थापन पनि कर्णालीमै हुने छ । पौडेल यसअघि २ पटक सचिव बढुवा सिफारिसमा परिसकेका थिए । उनी सिफारिस हुँदा एकपटक दिनेशकुमार घिमिरे र अर्को पटक राधिका अर्याल सचिवमा बढुवा भएकी थिइन् ।
मन्त्रिपरिषद बैठकले ११ चैतमा अवकाश हुन लागेका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । उनको राजीनामा स्वीकृत भएकाले नै नयाँ सचिव नियुक्तिको बाटो खुलेको हो ।










