इन्डोनेशियामा अघिल्लो महिना भएको राष्ट्रपति निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबिआन्तो विजयी भएका छन् । सेनामा रहेका बेला मानवअधिकार उल्लंघनको आरोप लागेका ७२ वर्षीय सुबिआन्तोले ५८.५९ प्रतिशत मत पाएका हुन् ।
प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रशित मत पाएका छन् ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै सुबिआन्तोले जनताको हितमा काम गर्न कडा मिहिनेत गर्ने बताएका छन् । ‘जसले हामीलाई भोट दिनुभएन, उहाँहरुले हामीलाई एउटा मौका दिनु भएको छ,’ उनले भने, ‘हामी यस्तो राष्ट्रपति र उपराष्ट्रपति भएको साबित गर्छौं, जो इन्डोनेसियाका जनताको भलाइका लागि हरसम्भव कडा मिहिनेत गर्नेछ ।’
यद्यपि उनका दुबै प्रतिद्वन्द्वीले चुनावी नजितालाई चुनौती दिने बताएका छन् ।










