प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जारी छ। केही महत्वपूर्ण विधेयकसहित बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेको छ।

संसद्‌मा विधेयकमाथि छलफल हुन नसेकको र राम्रोसँग प्रि-बजेटमा छलफल हुन नसकिरहेको समयमा सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय टोली भने स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ।

यही चैत १० देखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी हुन सभामुख सहितको टोली बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको हो।

सभामुख घिमिरेको टोली स्वीट्जरल्याण्ड उडेपछि प्रतिनिधि सभा बैठक १० दिन रोकिएको छ।

सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल कतार एयरलान्सको उडानबाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर