यसअघि यो फिल्मको खलपात्रमा सौगात मल्ल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । तर कथालाई डोर्याउने काम चाहिं समीरले गर्ने जनाइएको छ । यो फिल्मको पटकथा दर्शनजीले लेखेका हुन् ।
फिल्मले नेपालको राष्ट्रिय स्वाधीनताविरुद्ध लाग्ने बाह्य तत्वविरुद्ध मुख्य पात्रले गर्ने संघर्षको कथा पेश गर्छ । टिजर र पोस्टरले यो फिल्मको कथानक मनोविज्ञानबारे धेरै कुरा पेश गर्छ । यसबाहेक विराजले निर्माण गर्न लागेको एक्सन–थ्रिलर ‘१२ गाउँ’मा पनि उनी अनुबन्धित भइसकेका छन् ।










