कोशी प्रदेश सभाकी पूर्वसांसद विन्दिया कार्की प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त भएकी छन्।

कोशी प्रदेश सरकारले  कार्कीलाई आज  नियुक्त गरेको हो।

शुक्रबारको प्रदेश  मन्त्रिपरिषद् बैठकले कार्कीलाई रिक्त रहेको प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो।

कार्की प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन्।

यसअघि २०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त भएकी जिना कार्की लामो समयदेखि अमेरिकामा छिन्। उनले नेपाल छाडेपछि मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा पूर्वसांसद कार्कीलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर