अन्ततः नेटफिल्क्सले कपिल शर्माको प्रतीक्षित रियालिटी शो ‘द ग्रेट इण्डियन कपिल शो’को स्ट्रिमिङ थालेको छ । पहिलो दिन शनिबारदेखि नै शोको समीक्षा आउन थालेको छ ।

टिभीमा कपिलसहित अर्चना पुरण सिंह, कृष्ण अभिषेक, कीकू शारदा र सुनिल ग्रोवरको कमेडी हेर्दै आएका दर्शकका लागि ओटीटी प्लाटफर्मले पक्कै पनि सहजता थप्नेछ ।

पहिलो एपिसोडको सुरुवात बलिउड परिवार रणवीर कपुर, नीतू कपुर र रिद्दिमा कपुरसँगै सुरु भयो ।

६ वर्षपछि यो शोमा सुनिल ग्रोवरको पुनरागमन भएको छ । यसपटक उनी शोमा डफ्ली बनेर आएका छन् । आफ्नो पक्षको कमेडीमा उनले प्राण भरेको देख्न सकिन्छ । कृष्ण अभिषेकसहितका अन्य कलाकारले मजाले हँसाए ।

वर्षौंदेखि सुनिल र कपिललाई एकसाथ हेर्न फ्यान उत्साहित थिए । नेटफिल्क्सले यो सावित गरेर देखाइदियो । शोमा सुनिलको एन्ट्रीलाई दर्शकले गड्गडाहट तालीले स्वागत गरे ।

पहिलो एपिसोडको महत्वपूर्ण पक्ष भनेको कपिल र सुनिलको जोडी हो । पहिलो एपिसोडमै उनले जुन प्रकारको प्रस्तुति दिए, त्यसलाई दर्शकले आगामी दिनमा पनि रुचाउने विश्वास गर्न सकिन्छ ।

नयाँ शो भएपनि जोक्स पुरानै भएको भन्दै कपिलप्रति टिप्पणी पनि उठेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर