साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार १७.३० अंकले घटेर २०१८ को विन्दुमा कायम हुन पुगेको छ ।

मायाखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड ६८ लाख ९३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

गरिमा डिबेञ्चरको ८.०८ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ७.७४ प्रतिशत, र ज्योति विकास बैंक बन्डको ७.५३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ७.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर