सरकारको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सोमबार राजधानीमा बोलाएको बैठकमा तनावको अवस्था निम्तिएको छ । विवाद र हात हालाहालका बिच पनि बैठक जारी नै रहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार नाउपाका संरक्षक रेशम चौधरीले कसैको उक्साहटमा पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले गतिविधि गरिरहेको आरोप लगाएपछि विवाद सुरु भएको थियो । चौधरीको उक्त भनाइलाई उनको बुवा लालवीर चौधरीले पनि दिएका थिए ।

टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत श्रेष्ठले कसैको लहैलहैमा आएर पार्टीभित्र गलत गतिविधि गरेको आरोप लगाएपछि श्रेष्ठ आक्रोशित बन्न पुगेकी थिइन् । अध्यक्ष श्रेष्ठ आक्रोशित भएपछि त्यहाँ भनाभनको अवस्था निम्तिनुका साथै हात हालाहाल समेतको स्थिति आएको ती नेताको भनाइ छ । ‘संस्थापकहरूको बैठक बसिरहेका थियौं । २१ जना मात्रै होइन, महाधिवेशनबाट निर्वाचित सबैलाई समेटेर लैजानुपर्छ भन्‍ने बहस भइरहँदा हात हालाहालको स्थिति आयो’, उनले भने ।

उनका अनुसार रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको हो । रामलालले भने, ‘यसरी त पार्टी कसरी चल्छ ?’

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम पक्षका नेताहरू सहभागी छन् भने  रन्जिता पक्षका नेताहरू त्यसको विपक्षमा रहदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर