सेयर बजारको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.२६ अंक घटेर २०१२ मा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब २० करोडको कारोबार भएकोमा आज २ अर्ब ८७ करोडमा खुम्चियो । ८६ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ८ को स्थिर रह्यो ।

क्षेत्रगत सूचक हेर्दा होटल तथा पर्यटन समूहको सूचक १.१६ तथा ब्यापार ०.२० प्रतिशत बढे । अरु सबै क्षेत्रका सूचक १ प्रतिशतभन्दा न्यून दरमै घटे । बैंकिङ ४.३, विकास बैंक २.८, फाइनान्स १२.७, हाइड्रोपावर १३.६, जीवन बीमा १५.९, उत्पादन २१.९, माइक्रोफाइनान्स ५.३, निर्जीवन बीमा ४२.२ र अन्य समूह ६ अंक घटे । गुराँस लघुवित्त र माइखोला हाइड्रोपावरको १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ९.४४, तारागाउँ रिजेन्सीको ७.२५, दोल्ती पावरको ५.४१, सिक्लेस हाइड्रोपावरको ५.२१ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर